१० बैशाख २०८३, बिहिबार | April 24, 2026

मिथ्या समाचारले पत्रकारिताको विश्वसनीयता घट्यो



नेपालगन्ज । मिथ्या सूचनाले पत्रकारिताको विश्वसनीयता खस्किँदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
पाल्पा विकास केन्द्र तानसेनको आयोजना तथा बाँकेको मेरो खुसी डटकमको संयोजनमा शनिबार नेपालगन्जमा आयोजना गरिएको मिथ्या सूचना रोक्न तथ्य जाँच सम्बन्धी संवाद कार्यक्रममा बाँके, बर्दिया र भारतका पत्रकार तथा सरोकारवालाले मिथ्या सूचनाले सञ्चारमाध्यमको विश्वसनीयता कम गर्ने र पत्रकारितालाई कलंकित गर्ने भन्दै चिन्ता गरेका हुन् ।

समाजमा अपिनियर लिडर मानिएका पत्रकार, शिक्षक, चिकित्सक, नेता वा प्रतिष्ठित व्यक्तिहरुले जानाजान वा अन्जानमा मिथ्या सूचना फैलाउँदा नागरिकले धेरैले विश्वास गर्ने भएकाले त्यस्ता सूचनाले समाजलाई हानी हुने उनीहरुको जोड थियो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले राजनीतिप्रति वितृष्णा रहे जस्तै पत्रकारिता पेशाप्रति विश्वसनीयता घट्दै गएकाले थोरै व्यवसायिक पत्रकारले पेशालाई मर्यादित बनाउन सुझाव दिए ।

कार्यक्रममा नागरिक दैनिकका एशोसियट सम्पादक तिलक पाठकले मिथ्या सूचना, निर्वाचन र लोकतन्त्रका विषयमा धारणा राख्दै मिथ्या सूूचनाले सार्वजनिक सुरक्षामा चुनौती हुने, साम्प्रदायिक सहिष्णुता वा सद्भाव बिग्रिने, समाजमा द्वन्द्व बढाउने, लोकतान्त्रिक प्रक्रियालाई नै नकारात्मक असर पर्ने बताए ।

उनले विश्व र नेपालमा भएका मिथ्या सूचना सम्बन्धी अभ्यासको उदाहरण दिँदै पत्रकारले सत्यको परीक्षण नगरे मिडियाको विश्वसनीयता घट्ने बताए । मिथ्या समाचार प्रकाशन प्रसारणबाट जोगिने, गल्ती भएमा सच्चाउने तत्परता र पारदर्शिता अपनाउने र सूचना साक्षरता र तथ्यजाँचमा जोड दिन पत्रकार र मिडियालाई उनले सुझाव दिए । उनले नागरिकलाई सुझाव दिए, ‘कुनै पनि सामग्री पढेपछि तुरुन्तै विश्वास नगर्नुहोस् । प्रकाशित सामग्री मिथ्या हुनसक्छ भनेर सचेत हुनुहोस् ।’

कार्यक्रममा पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, अर्जुन ओली, रुपनी जीएम, आशिष गुप्ता, सूचना अभियन्ता विश्वजीत तिवारी, सीता बोहोरालगायतले मिडियामा आएका मिथ्या सूचना र तिनले पारेको प्रभावबारे धारणा राखेका थिए ।

कार्यक्रममा पाल्पा विकास केन्द्रका अध्यक्ष कृष्ण पोखरेल र कार्यक्रम संयोजक किरण कौशलले सूचनाको तथ्यजाँचका विषयमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभिमुखीकरण कार्यक्रम गरिरहेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : ३९ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना