३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

तिनाउ–दानव कोरिडोरपीडित संघर्ष समितिले भन्यो – ‘अब उधारोमा नो भोट’



बुटवल । तीनाउ–दानव कोरिडोरपीडित संघर्ष समितिले मंगलबार बुटवलमा दबाब मुलक विरोध कार्यक्रम गरेको छ । बुटवल पुरानो बसपार्कबाट निकालिएको ¥याली बुटवल उपमहानगरपालिका परिसरमा पुगेर धर्ना सहित कोणसभामा परिणत भएको थियो ।

विरोध कार्यक्रममा सहभागीहरुले विस्थापित कोरिडरबासीको घरबार जान लागेको हुँदा आन्दोलन गर्नु परेको बताए । रुपन्देहीकै नमुना विकाससंगै तिनाउको सौन्दर्यीकरण गर्ने भन्दै तिनाउ–दानव कोरिडोरमा घर पर्नेहरुलाई खाली गर्न भनिएपछि उनीहरुले लगातार आन्दोलन गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘उधारोमा’ भन्दै नारा समेत लगाएका थिए । उनीहरुले आफुहरुको घरबारको ब्यवस्थापन नगरी बाटो बनाउन सुरु गर्नु गलत भएको भन्दै दुःखेसो गरे ।

संघर्ष समितिका संयोजक आत्माराम रानाले कोरिडोर निर्माणको क्रममा विस्थापित हुनेहरुलाई ब्यवस्थापन गर्न कार्यदल समेत गठन भएपनि कार्यदलले तदारुकता नदेखाएको बताए । उनले कार्यदलले सिफारिस गरेको स्थानमा संघसंस्थाहरुबाट कब्जा भइसकेको जानकारी आएपछि आफुहरुले आन्दोलन थालेको बताए । बिस्थापितहरुको माग पूरा नभए आफुहरु आन्दोलनमा उत्रने संयोजक रानाले बताए ।

संघर्ष समितिका सल्लाहकार विरेन्द्र बिकले आफुहरुको पक्षमा राजनीतिक दलहरुको साथ नरहेको बताए । विस्थापित १ हजार ६ सय घरधुरीसहित खाली जग्गासमेत गरी २ हजार १ सय घरधुरी रहेको उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : ११ बजे

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ : मुख्यमन्त्री महरा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख

पोखराबाट गुल्मीको तम्घास जादैँ गरेको बस रिडीमा दुर्घटना

बुटवल । पोखराबाट गुल्मीको सदरमुकाम तम्घास जादैँ गरेको बस रिडीमा

बुटवलका चोक चोकमा लुटपाट र चोरी गर्ने गिरोहका २ जना पक्राउ

बुटवल । बुटवल र त्यस आसपासमा चोक र गल्लीहरुमा लुटपाट

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी

नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको