१५ असार २०८३, सोमबार | June 29, 2026

प्रचण्ड दक्षिणपन्थीको शरणमा पुगे : ओली



सुर्खेत । एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेको आरोप लगाएका छन् ।

सरकार सहज रूपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गरेको उनको भनाइ छ । उनले संसद् विघटन सही नै भएको दाबी पनि गरेका छन् ।

आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले उल्टै गठबन्धनले नै प्रतिगमन गरेको आरोप लगाए । ‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्‍यो रे,’ ओलीले भने, ‘माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमति तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे । ’

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेका थिए । ओलीले त्यसको जवाफ दिँदै भने, ‘कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्‍यो रे । मैले प्रतिगमन गर्ने काम कहिलै गरिनँ ।’

‌‍ओलीले अर्काको देशको हतियार ल्याएर प्रचण्डले नेपाली जनताको घाँटी रेट्ने काम गरेको आरोपमसमेत लगाए । ‘मैले कहिलै प्रतिगमन गर्ने काम गरिनँ, प्रचण्ड जस्तो बरु प्रतिगमका विरुद्धमा लड्नु छ,’ ओलीले भने, ‘देउवाहरू प्रतिगमन जोगाएँ भन्दै हुनुहुन्छ, म भन्छु यति पाउनुभएको छ भने अहिलै ल्याएर बुझाइदिनुहोस् ।’

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : १५ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि