५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को ९५ प्रतिशत तयारी पुरा



बुटवल । निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नम्बर २ ले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको ९५ प्रतिशत तयारी पुरा भएको जनाएको छ । आज कार्यालय परिषरमा पत्रकार सम्मेदन गर्दै निर्वाचन क्षेत्र नम्बर २ को तयारी ९५ प्रतिशत पुरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन अधिकृत उदबिर नेपालीले निर्वाचन स्थलमा खटिने अधिकृत र कर्मचारीहरुले मतपत्र बुझ्ने र मतदास्थल तयार गर्ने काम बाहेका सम्पूर्ण तयारी पुरा भएको बताए । उनले रुपन्देही २ मा निर्वाचन सम्पन्न गर्न १०५४ कर्मचारी परिचालन हुने जानकारी दिए । नेपालीका अनुसार क्षेत्रनम्बर २ मा १३१ मतदान केन्द्र मध्य ५ वटा अपाङ्गमैत्री र २ वटा अस्थायी मतदान स्थल कायम गरिएको जानकारी दिए । कार्यालयले क्षेत्रको सबैभन्दा ठुलो मतदान केन्द्र रहेको लुम्बिनी बाणिज्य कलेजको मतदान केन्द्रलाई विभाजन गरि नबिन औद्योगिक कदरबहादुर माबिमा ८ र साबिक लुम्बिनी बाणिज्य कलेजमा ८ वटा मतदान स्थल बनाउने निर्णय गरेको उनले बताए ।

मतदानलाई अधिकतम मिडियामैत्री र पारदर्शी बनाउन सुबिधासम्पन्न कल सेण्टर, अनलाई नतिजा अपडेटको व्यवस्था र सूचनालाई सहज र सबैमा पुग्ने व्यवस्था मिलाईएको पनि नेपालीले बताए । मतदान स्थलमा प्रत्यक्षतर्फका एक उम्मेदवार एक प्रतिनिधि तथा समानुपातिक तर्फ एक दल एक प्रतिनिधि नियुक्त गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए । निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी परेको भन्दै दलहरुले प्रत्यक्ष तर्फपनि एक दल एक प्रतिनिधि राख्न माग गरेका थिए ।

क्षेत्र नम्बर २ मा १२६८०७ मतदाता रहेका छन् । जसमध्य प्रदेश (क)मा ६३५०३ र प्रदेश (ख)मा ६३३०४ मतदाता छन् । त्यसैगरि प्रदेश (क)मा ६५ मतदान केन्द्र र (ख)मा ६६ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ०० बजे

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना सर्टलिस्ट, शुक्रबार छलफलपछि सिफारिस हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षका लागि

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार

दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका