१५ असार २०८३, सोमबार | June 29, 2026

राप्रपा काठमाडौं -५ को कार्यालयमा तोडफोड, एमाले कार्यकर्तामाथि तोडफोडको आरोप



काठमाडौं । देशका अधिकांस स्थनमा चुनावी तालमेल गरेका एमाले र राप्रपाकाबीच राजधानी काठमाडौमा भने झडपको अवस्था सृजना भएको छ । राजधानीको क्षेत्र नम्बर ५ काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय तोडफोड गरि एमालेको झण्डा र ब्यानर राखिएपछि दुइपार्टीबीच झडपको अवस्था आएको हो ।

कार्यालयबाट राप्रपाका ब्यानर, झण्डा च्यातेर एमालेको झण्डा र ब्यानर लगाइएको छ। त्यस्तै कार्यालयका केही अत्यावश्यक सामानहरू पनि चोरी भएको राप्रपाले आरोप लगाएको छ ।

राप्रपाका कार्यकर्ताले चोरी तथा तोडफोडमा संलग्न भएको भन्दै एमाले कार्यकर्ताहरूको नाम किटान गरेर प्रहरीमा उजुरी दिएको स्रोतले दाबी गरेको छ । जबरजस्ती लगाएको एमालेको झण्डा र ब्यानर पनि राप्रपाका कार्यकर्ताले हटाएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा राप्रपाबाट प्राध्यापक डा। रामप्रसाद उप्रेती उम्मेदवार छन् भने एमालेबाट ईश्वर पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेस नेता प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ८ : ५९ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै