१७ माघ २०८२, शनिबार | January 31, 2026

गण्डकी प्रदेश : मतदान सुरु



गण्डकी । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेशका सबै जिल्लामा मतदान सुरु भएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान ७ बजेदेखि मतदान समय निर्धारण गरिएको थियो । प्रदेशअन्तर्गतका सबै जिल्लामा मतदान सुरु भएको भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका प्रमुख होमनाथ पराजुलीले बताए । उनका अनुसार अत्यन्त चिसो हुने हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङमा पनि मतदान सुरु भैसकेको छ ।

गण्डकी प्रदेशमा आजको निर्वाचनका लागि कुल १६ लाख ६२ हजार दुई सय ४६ मतदाता सहभागी बन्दैछन् । हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, तनहुँ हुँदै तराईको जिल्ला नवलपुरसहित ११ वटा जिल्लामा समेटिएको गण्डकीमा यस पटकको निर्वाचनमा आठ लाख ६९ हजार पाँच सय ३८ जना महिला, सात लाख ९२ हजार छ सय ९७ जना पुरुष र ११ जना अन्य मतदाता छन् ।

छिमेकी दुई ठूला राष्ट्र चीन र भारतसम्म सिमाना जोडिएको यस प्रदेशमा आजको निर्वाचनबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि १८ वटा निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ३६ वटा निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा हुँदैछ ।निर्वाचनका लागि प्रदेशमा २८ हजार कर्मचारी परिचालन भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ५८ बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।