३० श्रावण २०८३, शनिबार | August 15, 2026

लमजुङमा शान्तिपुर्ण मतदान, ५६ प्रतिशत मत खस्यो



लमजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आइतबार सम्पन्न भएको मतदानमा लमजुङमा ५६ प्रतिशत मत खसेको छ ।

निर्वाचन कार्यालय लमजुङका प्रमुख  नारायण सापकोटाका अनुसार  लमजुङमा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकोमा ७४  हजार  ६ सय ५२ मत खसेको छ । जिल्लामा  ३९ हजार ९ सय २० महिला  र  ३४ हजार ७ सय ३२ जना पुरुषले मतदान गरेका छन् ।

लमजुङका १ सय ३० वटा मतदानस्थलको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

लमजुङमा प्रतिनिधि सभा तर्फ एउटा र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् ।  प्रतिनिधिसभातर्फ ११ जना र प्रदेश क मा ५ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा  छन् ।

जिल्लामा शान्तिपुर्ण रुपमा मतदान भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील बैधले बताए ।

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ०६ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो