५ जेष्ठ २०८३, मंगलबार | May 20, 2026

काठमाडौं ४ मा कांग्रेस महामन्त्री थापा अगाडि



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायम राखेका छन ।

मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उहाँले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिएका हुन ।

निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार दुई सय ३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन, भने उनका प्रतिस्पर्धी नेकपा ९एमाले० का उम्मेदवार डा राजन भट्टरार्ईले ११ हजार नौ सय ४८ मत प्राप्त गरेका हुन ।

त्यसैगरी राप्रपाका उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले दुई हजार दुई सय ६८ मत प्राप्त गरेका छन । सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ प्रदेशसभा ९२० तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् यस क्षेत्रको गणना सकिएको छ ।

काठमाडौं–४ प्रदेशसभा ९१० अन्तर्गत पर्ने काठमाडौं महानगरका वडा नम्बर १ र ७ को मत गणना सकिएको छ भने महानगरका वडा नं ८ र ३० को मत गणना जारी छ । काठमाडौं–४ निर्वाचन क्षेत्रबाट ३१ उम्मेदवार रहेका छन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ०३ बजे

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै