१७ माघ २०८२, शनिबार | January 31, 2026

काठमाडौं ४ मा कांग्रेस महामन्त्री थापा अगाडि



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायम राखेका छन ।

मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उहाँले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिएका हुन ।

निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार हाल ३७ हजार दुई सय ३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन, भने उनका प्रतिस्पर्धी नेकपा ९एमाले० का उम्मेदवार डा राजन भट्टरार्ईले ११ हजार नौ सय ४८ मत प्राप्त गरेका हुन ।

त्यसैगरी राप्रपाका उम्मेदवार डा ठाकुर मोहन श्रेष्ठले दुई हजार दुई सय ६८ मत प्राप्त गरेका छन । सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ प्रदेशसभा ९२० तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्दछन् यस क्षेत्रको गणना सकिएको छ ।

काठमाडौं–४ प्रदेशसभा ९१० अन्तर्गत पर्ने काठमाडौं महानगरका वडा नम्बर १ र ७ को मत गणना सकिएको छ भने महानगरका वडा नं ८ र ३० को मत गणना जारी छ । काठमाडौं–४ निर्वाचन क्षेत्रबाट ३१ उम्मेदवार रहेका छन ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ९ : ०३ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक