२ असार २०८३, मंगलबार | June 17, 2026

बागलुङका सबै क्षेत्रमा गठबन्धनको अग्रता



बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणामअनुसार बागलुङ–१ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले पाँच हजार सात सय ६८ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का सूर्यप्रसाद पाठकले पाँच हजार चार सय ४२ मतसहित केसीलाई पछ्याइ रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खीमानन्द कँडेलले तीन हजार ३६ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।

बागलुङ–२ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवेन्द्र पौडेलले आठ हजार आठ सय ५७ मतसहित अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका मञ्जु शर्मा चालिसेले छ हजार सात सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा सदस्यतर्फ बागलुङ–१ (१) मा नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रबहादुर थापाले सात हजार आठ सय ८१ मतसहित अघि छने भने उनलाई सात हजार एक सय १६ मतले एमालेका हिराबहादुर केसीले पछ्याइ रहेका छन् ।

बागलुङ–१ को (२) मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराम सुवेदीले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन्। एमालेका नवराज पौडेलले पाँच हजार एक सय २४ मत प्राप्त गरेका छन् । बागलुङ–२ (१) मा पनि गठबन्धनको अग्रता छ । कांग्रेसका जीतबहादुर शेरचनले नौ हजार चार सय ६२ मतसहित स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई पछि पारेका छन्। घर्तीले सात हजार छ सय ३० मत ल्याएका छन् ।

२ को ९२० मा कांग्रेसका दोर्ण कुँवर नौ हजार दुई सय ५५ मतसहित अघि हुनुहुन्छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण पुनले छ हजार नौ सय सात मत प्राप्त गर्नुभएको छ । कूल एक लाख ९२ हजार दुई सय २७ मतदाता रहेको यस जिल्लामा एक लाख दुई हजार नौ सय ६३ मत खसेको थियो । मतगणना जारी छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ४७ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ