२० बैशाख २०८१, बिहिबार | May 3, 2024

पर्सामा २ जनाको मृत्यु, एकमा कोरोना संक्रमण पुष्टि, अर्का एकको पिसिआर रिपोर्ट आउन बाँकी



पर्सा । वीरगन्जमा बेवारिसे अवस्थामा मृत भेटिएका एक युवक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यहि जेष्ठ २८ गते वीरगन्जको घण्टाघर छेउको विपी उद्यान परिसरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनको पहिचान भने खुल्न सकेको छैन । प्रहरीले बेवारिसे अवस्थामा भेटिएको उनको शव नारायणी अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको मृतकको स्वावको पिसिआर परीक्षणमा ती पुरुषको रिपोर्ट शुक्रबार राति पोजिटिभ आएको अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । शवको पोष्टमार्टम रिपोर्ट नआइ सकेकाले ती पुरुषको मृत्युको कारण यकिन हुन नसकेको डाक्टर सिंहले बताउनुभयो । त्यसैगरि निमोनियाले ग्रस्त ५ वर्षीय बालकको वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रवार मृत्यु भएको छ ।

बाराको निजगढका ५ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु पश्चात उनको आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । निजगढबाट ल्याइएका ती बालकलाई शुक्रबार विहान ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको अस्पतालका सञ्चालक डा।अबुल हैस अन्सारीले बताउनुभयो ।

त्यसैगरि भारतबाट आएका ५ जनामा समेत कोरोना सक्रमणको पुष्टि भएको छ । वीरगन्जको कन्टी इन होटलको क्वारेन्टाइनमा बसेका २ जना र सखुवा प्रसौनी गाँउपालिकाको क्वारेन्टाइनमा बसेका ३ जनामा पनि शुक्रबार राति संक्रमण पुष्टि भएको हो ।

कन्टी इन होटलको क्वारेन्टीनमा १२ दिनदेखि बसेका वीरगन्ज ५ कुम्हाल टोलका ३४ वर्षीय महिला र १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु दुवै जना एकै परिवारका सदस्य हुन् । त्यसैगरी सखुवा प्रसौनी गाउपालिकाका ३ बर्षीय बालक, १५ बर्षीय किशोर र ३० बर्षीय महिलामा कोरोना सक्रमणको पुष्टि भएको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १० : ३३ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक