२२ माघ २०८२, बिहिबार | February 5, 2026

स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता



काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक-एभरेष्ट बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका छन् । बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको एभरेष्ट बैंकवीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको सम्झौता पछि बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग प्रयोगकर्ताले इबिएल टच ट्वान्टीफोर एप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन भने एभरेष्ट बैंक मार्फत बिभिन्न ब्यापार—ब्यबसाय मा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने विज्ञप्तिमा दाबी गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  १ : ५५ बजे

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर