२ पुस २०८२, बुधबार | December 17, 2025

रविको पार्टीबारे ओलीको टिप्पणी – अमेरिकी पार्टीको ठ्याक्कै फोटोकपि; गरे आशंका – हावा कसले भर्‍यो हावा ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसले हावा भर्यो भन्ने प्रश्न गरेका छन् ।

एमाले पार्टी कार्यालय च्यासलमा मंगलबार भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले रास्वपलाई कसैले हावा भरिदिएको टिप्पणी गरेका हुन् ।

ओलीले अमेरिकामा रहेको फ्रिडम पार्टी र त्यसको चुनावचिन्हसँग ठ्याक्कै मिल्दो पार्टी यहाँ बनाइएको जिकिर गरे ।

ओलीले भने, ‘संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ। त्यसको चिन्ह घण्टी छ। फ्रिडम पार्टी अफ अमेरिका। दुरूस्त आकारको फोटो खिचेजस्तो घण्टी यहाँ पनि ल्याएको छ, फ्रिडम पार्टी,’ ओलीले भने।

उनले आशंकायुक्त भाषामा भने, ‘अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो ? केही त होला ।’ तर, यसबारे थप टिप्पणी नगर्ने उनको भनाइ थियो ।

ओलील्े थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताए। फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै ओलीले भूमि आयोगको कामबारे पनि प्रश्न उठाए ।

उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृति समेत संसारकै उत्कृष्ट रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ३ : ५६ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व