१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

नेपाली जनता राष्ट्रिय हित र स्वाधीनताका लागि एक छन् : सभापति देउवा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ नक्साका विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता, राष्ट्रिय हितको पक्षमा देखिएको बताएका छन् ।

काँग्रेस संसदीय दलका नेता समेत रहेका सभापति देउवाले नेपाली भूमि फिर्ता ल्याउने विषयमा कसैको विरोध हुन नसक्ने जिकिर गरे ।

शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा कंग्रेस सभापतिसमेत रहेका देउवाले सबै ठाउँका नेपाली राष्ट्रिय हित र स्वाधीनताका लागि एक छन् भन्ने पुष्टि भएको बताए ।

देउवाले भने, ‘सुगौली सन्धि १८१६ अनुसार कालीनदी पूर्वको भूभाग नेपालको भनेको प्रस्ट छ, ब्रिटिसले छापेको नक्सामा पनि यो प्रस्ट छ।’

 

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  २ : ३५ बजे

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज