८ असार २०८३, सोमबार | June 22, 2026

प्रदेशसभाको ३३० सिटमा कांग्रेस १११ स्थानसहित पहिलो, अरु पार्टीको कति !



काठमाडौं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ ।

प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार र नेकपा एमाले दुई प्रदेशमा ठूलो दल बनेको छ ।

मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्दा एमाले प्रदेश नं १ र लुम्बिनी प्रदेशमा पहिलो बनेको छ । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेस र नेकपा (माओवादी केन्द्र) समान नौ/नौ स्थानमा विजयी भएका छन् ।

प्रदेशसभामा एक सय ११ स्थानमा विजयी हुँदै नेपाली कांग्रेस ठूलो दल बनेको छ । नेकपा (एमाले)ले ९१, नेकपा (माओवादी केन्द्र)ले ५४, नेकपा (एकीकृत समाजवादी) ले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालले ११/११, लोकतान्त्रिक समाजवादी पार्टीले नौ, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले सात/सात तथा नेपाल मजदुर किसान पार्टी र हाम्रो स्वाभिमान पार्टीले एक/एक स्थानमा जित हासिल गरेका छन् ।

प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नं १ को प्रत्यक्षतर्फको ५६ सिटमा कांग्रेस १७, एमाले २५, माओवादी केन्द्र नौ र एकीकृत समाजवादी दुई तथा मधेस प्रदेशको ६४ सिटमा कांग्रेस १३, एमाले १५, जसपा नौ, लोसपा सात, जनमत पार्टी छ, माओवादी केन्द्र र एकीकृत समाजवादी चार/चार स्थानमा विजयी भएका छन् । मधेस प्रदेशसभामा छ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

बागमती प्रदेशसभाका ६६ सिटमा कांग्रेस २५, माओवादी केन्द्र १४, एमाले १३, राप्रपा सात, एकीकृत समाजवादी पाँच तथा नेमकिपा र हाम्रो नेपाली पार्टी एक/एक स्थानमा तथा गण्डकी प्रदेशसभाका ३६ सिटमा कांग्रेस १८, एमाले १२, माओवादी पाँच र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । लुम्बिनी प्रदेशसभाका ५२ क्षेत्रमा एमाले १८, कांग्रेस १७, माओवादी पाँच, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टी दुई/दुई, जनमत पार्टी एक तथा तीन स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशसभाका २४ सिटमा कांग्रेस र माओवादी नौ/नौ, एमाले पाँच र स्वतन्त्र एक तथा सुदूरपश्चिम प्रदेशसभाका ३२ क्षेत्रमा कांग्रेस १२, माओवादी केन्द्र आठ, नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले र एकीकृत समाजवादी तीन/तीन तथा एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । -रासस

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  २ : ५४ बजे

बाँकेमा आयुर्वेद उपचारप्रति आर्कषण बढ्दै

नेपालगन्ज । बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार बढी

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने

नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका