३१ श्रावण २०८३, आइतबार | August 16, 2026

कम्युनिष्ट नेतृत्वमा प्रदेश चल्दा संघीयता नै बदनाम भयो : कांग्रेस नेता राना



बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको घोषणासंगै पार्टीमा टिकटका लागि दाबेदारी शुरु भएको छ। राजनीतिक पार्टीहरुमा टिकटका लागि आवेदन दिने देखि लबिङ गर्ने क्रम शुरु भएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेले खासै टिकट वितरणको प्रक्रिया सार्वजनिक नगरेपनि कांग्रेसमा भने देशभरी आवेदन दिने र सिफारिस गर्नेहरुको लहर चलेको छ । कतिपय सिफारिसमा परेका उम्मेदवारहरुलाई त चुनाव जितेभन्दा बढी सामाजिक सञ्जालहरुमा बधाईका ओइरो पनि आइरहेको छ ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश समितिको कोषाध्यक्ष प्रकाश राना पनि रुपन्देहीका निर्वाचन क्षेत्र नम्बर २ (क) पहिलो नम्बरमा सिफारिसमा परेका छन् । कम्युनिष्ट वार्चश्व रहेको रुपन्देही २ (क) मा सिफारिसमा परेका राना कम्युनिष्टहरुकै कमजोर व्यवस्थापन र प्रदेश चलाउन नसकेको प्रमाण बोकेर चुनावमा जाने योजना बनाएका छन् ।

लामोसमय विद्यार्थी आन्दोलन हुँदै पार्टीमा काम गरेका रानालाई पहिलो नम्बरमा नाम पठाएर उम्मेदवार बनाउने संभावना देखिएको छ । विगत ५ वर्ष कम्युनिष्टहरुले प्रदेशको नेतृत्व गर्दा संघीय व्यवस्था नै बदनाम भएको भन्दै अव प्रदेश र संघीयतालाई स्थापित गर्न आफ्नो उम्मेदवारीमा दाबी रहेको रानाको दाबी छ ।

नेपाली काग्रेस पार्टी पछिल्लो समय बलियो संगठन बनाउन सफल भएको भन्दै यो एउटा जितको मुख्य आधार भएको उनले बताए। नेपाली काग्रेस पार्टीको लुम्बिनी प्रदेशका कोषाध्यक्ष समेत रहेका प्रकाश राना अध्ययनकै क्रममा बिस २०५० सालमा अर्घाखाँचीबाट बुटवल झरेका हुन् ।

रानाको नाम राजनीतिक क्षेत्रसँगै रुपन्देहीमा स्वास्थ्य क्षेत्रमा पनि चर्चित छ । कोभिडकाबेला रानाले गरेको योगदानलाई अहिलेपनि बुटवलबासीले सम्झन्छन् । उनी अध्यक्ष रहेको पश्चिमाञ्चल स्वास्थ प्रतिष्ठान, एडमिन सिटि अस्पतालले कोभिडमा सर्वसाधारणलाई निकै सहयोग गरेको थियो ।

नेबिसंघमा विसं २०७३ देखि बिसं २०७५ सम्म केन्द्रीय उपाध्यक्ष पदमा रहेका उनी प्रदेश संरचना खर्चिलो भएको र यसको औचित्य छैन भन्ने जस्ता गुनासा चिर्नेगरि आफू प्रदेशमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने दाबी गर्छन् ।

खबरकुरासँग कुरा गर्ने क्रममा उनले टिकट लबिङमा आर्थिक चलखेल बेठिक भएको बताए। कुनै पनि ब्यक्तिले पार्टीमा गरेको काम र योगदानलाई आधार बनाएर टिकटको ब्यवस्था नेतृत्वबाट गर्नुपर्ने उनको सुझाव छ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ३ : २९ बजे

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको