१५ असार २०८३, सोमबार | June 30, 2026

विश्वकप फुटबल २०२२ : पूर्वविजेता स्पेनलाई हराउँदै मोरोक्को क्वार्टरफाइनलमा प्रवेश



काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा पूर्वविजेता स्पेनलाई हराउँदै मोरोक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गोलकिपरले स्पेनको तर्फबाट प्रहार गरिएको तीन पेनाल्टी लगातार रोकेपछि मोरोक्कोले पहिलोपटक विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो ।

कतारको एजुकेसन सिटी रंगशालामा जारी खेलको निर्धारित ९० मिनेट र इन्जुरी टाइममा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा मोरोक्कोले बाजी मारेको हो ।

स्पेनबाट पहिलो प्रहारका लागि पाब्लो साराबिया आएका थिए । उनको प्रहार गरेको पेनाल्टी पोस्टमा लागेर फर्कियो । त्यसपछि स्पेनका कर्लोस सोलर र सर्जियो बुस्केटको प्रहार पनि मोरोक्कोका गोलकिपरले बचाए ।

मोरोक्कोका अब्देलहमिद साबिरी, हाकिम जियाच, र अक्रफ हाकिमीले गोल गरे । मोरोक्कोका बडर बेनाउनको प्रहार स्पेनका गोलकिपर उनाई सिमोनले बचाए पनि टिमको हार टार्न सकेनन् ।

यो जितसँगै मोरोक्को विश्वकपको इतिहासमा क्वार्टरफाइनल खेल्ने चौथो अफ्रिकी टिम बनेको छ । यसअघि अफ्रिकाबाट घाना, सेनेगल र क्यामरूनले मात्र विश्वकपको क्वार्टरफाइनल खेलेका थिए ।

यता सन् २०१० मा विश्वकपको उपाधि जितेको स्पेन भने लगातार दोस्रो पटक विश्वकपको प्रिक्वार्टरफाइनलबाट बाहिरिएको हो । स्पेन सन् २०१८ को विश्वकपमा पनि रूससँग अन्तिम-१६ को खेलमा पेनाल्टी सुटआउटमै पराजित हुँदै बाहिरिएको थियो ।

मोरोक्कोले अब सेमिफाइनल प्रवेशका लागि पोर्चुगल र स्विट्जल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

मोरोक्को समूह ‘एफ’को विजेताको रूपमा र स्पेन समूह ‘ई’को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : १३ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै