२२ मंसिर २०८२, सोमबार | December 8, 2025

विश्वकप फुटबल २०२२ : पूर्वविजेता स्पेनलाई हराउँदै मोरोक्को क्वार्टरफाइनलमा प्रवेश



काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा पूर्वविजेता स्पेनलाई हराउँदै मोरोक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गोलकिपरले स्पेनको तर्फबाट प्रहार गरिएको तीन पेनाल्टी लगातार रोकेपछि मोरोक्कोले पहिलोपटक विश्वकपको अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो ।

कतारको एजुकेसन सिटी रंगशालामा जारी खेलको निर्धारित ९० मिनेट र इन्जुरी टाइममा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

निर्धारित समय र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा मोरोक्कोले बाजी मारेको हो ।

स्पेनबाट पहिलो प्रहारका लागि पाब्लो साराबिया आएका थिए । उनको प्रहार गरेको पेनाल्टी पोस्टमा लागेर फर्कियो । त्यसपछि स्पेनका कर्लोस सोलर र सर्जियो बुस्केटको प्रहार पनि मोरोक्कोका गोलकिपरले बचाए ।

मोरोक्कोका अब्देलहमिद साबिरी, हाकिम जियाच, र अक्रफ हाकिमीले गोल गरे । मोरोक्कोका बडर बेनाउनको प्रहार स्पेनका गोलकिपर उनाई सिमोनले बचाए पनि टिमको हार टार्न सकेनन् ।

यो जितसँगै मोरोक्को विश्वकपको इतिहासमा क्वार्टरफाइनल खेल्ने चौथो अफ्रिकी टिम बनेको छ । यसअघि अफ्रिकाबाट घाना, सेनेगल र क्यामरूनले मात्र विश्वकपको क्वार्टरफाइनल खेलेका थिए ।

यता सन् २०१० मा विश्वकपको उपाधि जितेको स्पेन भने लगातार दोस्रो पटक विश्वकपको प्रिक्वार्टरफाइनलबाट बाहिरिएको हो । स्पेन सन् २०१८ को विश्वकपमा पनि रूससँग अन्तिम-१६ को खेलमा पेनाल्टी सुटआउटमै पराजित हुँदै बाहिरिएको थियो ।

मोरोक्कोले अब सेमिफाइनल प्रवेशका लागि पोर्चुगल र स्विट्जल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

मोरोक्को समूह ‘एफ’को विजेताको रूपमा र स्पेन समूह ‘ई’को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : १३ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई