४ पुस २०८२, शुक्रबार | December 20, 2025

पेनाल्टी सुटआउटमा ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश

विश्वकपबाट बाहिरियो ब्राजिल



काठमाडौं । कतारमा जारी फुटबल विश्वकपको पहिलो क्वाटर फाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्रोएसियाले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई ४-२ ले पराजित गरेको हो। यससँगै विश्वकपबाट ब्राजिल बाहिरिएको छ ।

निर्धारित ९० मिनेटको समयमा दुवै टिमले कुनै गोल गर्न नसकेपछि थप ३० मिनेटको अतिरिक्त समय थपिएको थियो । त्यस खेलको १०५औं मिनेटमा क्रोएसियाका खेलाडीलाई छक्याउँदै ब्राजिलका लागि नेइमारले गोल गरेका थिए।

तर, क्रोएसियाले खेलको ११७औं मिनेटमा ब्राजिली खेलाडीलाई स्तब्ध पार्दै अविश्वसनीय गोल गरेर खेललाई बराबरीमा फर्कायो । त्यसपछि थप रोचक बनेको खेल पेनाल्टी सुटआउटबाट निर्णायक बनेको हो ।

 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ११ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको