२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायी विकास सुनारमाथि गोली प्रहार



धनगढी । कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको र गोली लागेर एक जना घाइते भएको मालाखेती प्रहरी जनाएको छ । यसअघि दुई जना घाइते भएको भनिए पनि एक जनामात्रै घाइते भएको प्रहरीको भनाइ छ ।

अत्तरियाको पूर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै चलेको गोली लागेर सुनचाँदी व्यवसायी विकास सुनार घाइते भएका हुन् । सुनारको दाहिने हात र ढाडमा गोली लागेको छ । कस्ले र किन गोली चलायो भन्ने बारेमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतिका सूचना अधिकारी प्रहरी निरीक्षक वासुदेव भट्टका अनुसार कैलाली गोदावरी नगरपालिका(२ सशस्त्र क्याम्प अगाडी पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको सेतो कलरको अपाचि मोटरसाइकलमा आएका दुई जनाले गोली चलाएका थिए ।

उक्त स्थानमा प्रहरी निरीक्षक  बासुदेव भट्टको कमाण्डमा ११ जनाको प्रहरी टोली खटाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : ३७ बजे

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र

एनपीएल : नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

भोजपुर । गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी । यस वर्ष यहाँ धान उत्पादनमा कमी आएको छ