१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज खाँले दिए राजीनामा



बुटवल । नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हकिकुल्ला खाँले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लामा पार्टीले कुनै सिट जित्न नसकेको भन्दै उनले राजीनामा दिएका छन् ।

मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय इन्चार्ज समेत रहेका नेता खांँले सोमबार सांँझ एक विज्ञप्ती जारी गर्दै रुपन्देहीमा पार्टीले प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेकाले इन्चार्ज पदमा रहिरहन नैतिकताले नदिने भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

समानुपातिकतर्फ पनि २०७४ को निर्वाचनमा पाएको मत भन्दा धेरै मत घटेको र प्रतिनिधिसभातर्फ मुस्लिम क्लस्टर ‘कोल्याप्स’ भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

आफ्नो राजीनामाबाट पार्टीमा पर्न गएको असरप्रति उनले क्षमा याचना समेत गरेका छन् । रुपन्देहीमा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धन नै क्लिन स्वीप भएको थियो भने माओवादी केन्द्र प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा क्लिन स्वीप भएको थियो ।

जिल्लाको मत परिणामलाई लिएर यसअघि काँग्रेसका पनि एकदर्जन नेताहरुले विज्ञप्ती निकालेर काँग्रेस जिल्ला नेतृत्वको राजीनामा मागेका थिए । उनीहरुले पराजयको नैतीक जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने समेत बताएका थिए । निर्वाचन परिणामलाई लिएर काँग्रेस रुपन्देहीभित्र देखिएको असन्तुष्टी अहिले पनि कायमै छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ७ : ०६ बजे

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा