५ पुस २०८२, शनिबार | December 20, 2025

अनधिकृत बस्ती हटाउन महानगरलाई नेवार समुदायको समर्थन

थातथलोमै बसोबासको प्रवन्ध मिलाउन माग



काठमाडौं । काठमाडौँका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौँ महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ । सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ ।

आज यहाँ नेवार समुदायका विभिन्न १५ सङ्घ, समाज र समिति तथा गुठीले संयुक्तरुपमा पत्रकार सम्मलेन गर्दै बागमती नदी किनारास्थित अनधिकृत बस्तीले काठमाडौँको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको बताएका हुन् । अनधिकृत बस्ती हटाउन महानगरलाई आफूहरुको समर्थन भए पनि बस्तीका बासिन्दालाई पर्ने असुविधालाई नजर अन्दाज गर्न नहुने उनीहरुको भनाइ छ ।

“काठमाडौँ महानगरको अभियानलाई हाम्रो समर्थन छ, तर अनधिकृत बस्तीमाथि पर्न जाने असुविधालाई पनि नजर अन्दाज गर्न सकिँदैन, उहाँहरुलाई राज्यले थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था गरिदिनुपर्छ”, नेवाःजातीय महासङ्घका अध्यक्ष मनोज नेवाःखड्गीले भने ।

उनले कुनै पनि नागरिकप्रति आफूहरुको वैरभाव नभएको बताए । आफूहरुको सरोकार काठमाडौँको मौलिक पहिचानको संरक्षणका लागि मात्र भएको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा महासङ्घसँगै नेपाल खड्गी सेवा समिति, स्यस्यःसमाज, केन्द्रीय मानन्धर सङ्घ, नकःमि समाज सेवा पुचः (सङ्घ), राजोपाध्याय समाज, कसाःतध गुथी, नेपाल माली समाज, रजक समुदाय विकास सङ्घ, कपाली समाज, पुतुवार नगरकोटी राजवहाक विकास समाज, श्री नेपाल तण्डुकार समाज, ज्यापु महागुथी नेपाः, दि शाक्य फाउण्डेसन र चित्रकार (पुँ) समाजको सहभागिता थियो ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  १ : ५८ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य