२ भदौ २०८३, मंगलबार | August 18, 2026

‘क्रिसमस डे’ ले आपसी आपसी सद्‌भावमा सहयोग पुग्ने राष्ट्रपति भण्डारीको विश्वास



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छिन ।

उनले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी हुन ।

इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । यस अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाउने गरिएको छ ।

राष्ट्रपति भण्डारीले इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन ।

 

 

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ७ : १३ बजे

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा

दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

चितवन । गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको

प्रतिनिधिसभा बैठकमा आज चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी पहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित, दुई आयोजना बन्द

म्याग्दी । बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको