५ पुस २०८२, शनिबार | December 20, 2025

राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिक परिवर्तन आएको बताए ।

राजनीतिमा परिवर्तन आएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टी सङ्गठनलाई देशभर विस्तार गरी नयाँ आधार तय गर्न सबै तह तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै जनताको सेवालाई केन्द्रमा राखेर राजनीति गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखे ।

राजनीतिमा देश र जनताको सेवा महत्त्वपूर्ण हुने हुँदा आत्तिन र मात्तिन नहुने भन्दै उनले यस क्षेत्रमा विश्वास र विश्वसनीयता कायम राखेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको