२६ असार २०८३, शुक्रबार | July 10, 2026

कोरोना अपडेट : विश्वभर ४ लाख ३९ हजारभन्दा बढी मानिसको मृत्यु



काठमाडौं । २ ओटा अन्तराष्ट्रिय पानी जहाज र विश्वका २१५ मूलुकमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३९ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

मंगलबार बिहान यो समाचार तयार मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार ४ सय १५ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख २८ हजार २० नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमित हुनेको संख्या ८१ लाख १२ हजार ५६५ पुगेको छ । संक्रमित ३४ लाख ८१ हजार ७५३ जनाको उपचार भइरहेको छ भने ४२ लाख १ हजार ९७४ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ८३ हजार २१५ जनाको मृत्यु भएको छ । २२ लाख २० हजार ९० जना संक्रमित भएकोमा ११ लाख ७४ हजार ९०७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४५ हजार ७३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ७ हजार ९१४ पुगेको छ । त्यसमध्ये १० लाख ८८ हजार १०४ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ४१ हजार १५८ जनाको मृत्यु भएको छ । १६ लाख ५४ हजार ११९ जना संक्रमित भएकोमा १० लाख १८ हजार १९९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६१ हजार ५४० जनाको मृत्यु भएको छ । १४ लाख ६२ हजार ५४६ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ६ हजार ७९३ जनाको ज्यान गएको छ भने २ लाख ५४ हजार २१४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १६ हजार ७३० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९४६ जना संक्रमित भएकोमा ८ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : १६ बजे

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले

कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ ।