५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नयाँ सरकारले मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने विश्वास लिएको छु : उपराष्ट्रपति पुन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ सरकारले मुलुकको सुशासन, गुणस्तरीय जनसेवा प्रवाह, जनसुरक्षा, तीव्र आर्थिक विकास, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने विश्वास व्यक्त गरेका छन ।

पुराना वर्ग (वर्ष)को बिदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले हर्षोल्लासका साथ मनाउने तमू ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सातै प्रदेशमा संविधानबमोजिम छिट्टै सरकार बन्नेमा पूर्ण विश्वाससमेत उनले व्यक्त गरे ।

उपराष्ट्रपति पुनले तमु ल्होसारले नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाएर समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गर्ने उल्लेख गर्दै सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता, भ्रातृत्व र सहिष्णुता कायम राख्ने विश्वास व्यक्त गरे ।

“बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो, यहाँ विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायको समिश्रित बसोबास छ, विभिन्न समुदायको आफ्नो भाषा, धर्म, संस्कार संस्कृति छन्, हामीमा विविधताबीचको एकता छ, यो नै हामी नेपालीको साझा पहिचान हो”, उपराष्ट्र पुनले भनेका छन ।

“तमु ९गुरुङ० समुदायको सांस्कृतिक चाड तमुल्होसार २०७९ का अवसरमा तमु दिदीबहिनी, दाजुभाइ एवं समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ७ : २७ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०