३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

ट्रकको ठक्करबाट नेपालगञ्जमा एकजनाको मृत्यु



नेपालगन्ज । ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एकजनाको मृत्यु भएको छ ।

नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ५ : १५ बजे

संसद बैठक अपरान्ह ४ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ

मदन र आश्रितप्रति एमाले नेताहरुको श्रद्धाञ्जलि

काठमाडौं । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

सुनको मुल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान कायम

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित