१ भदौ २०८३, सोमबार | August 18, 2026

दैनिक १५ हजार अण्डा उत्पादन, अण्डा लिन व्यापारी फार्ममै



तनहुँ । नौ वर्षअघिदेखि तनहुँका अमृत थापा र गुरुप्रसाद पौडेलले ‘लेयसर्’ जातको कुखुराको पोल्टी फार्म सञ्चालन गर्दै आएका छन ।

जिल्लाको म्याग्दे गाउँपालिका-६ को धयरेमा त्रिदेव पोल्टी फार्म सञ्चालन गरेका उनको फार्ममा हाल १९ हजार कुखुरा छन् । दिनमा १५ हजार अण्डा उत्पादन हुने भएकाले खरिदका लागि बाहिरबाट व्यापारी आउने हुँदा बिक्री गर्न भौतारिन पर्ने समस्या भएको सञ्चालक थापाले बताए ।

उनका अनुसार हालसम्म फार्ममा रु छ करोड बढी लगानी भएको छ । उनले भने, “फर्ममा नौ जनाको परिवारले रोजगारी पाएका छन्”, व्यवसाय सञ्चालन गर्दा मासिक रु ३५ लाख खर्च हुने गरेको छ । उन्नाइस हजार कुखुरालाई दैनिक करिब रु एक लाख २० हजार खर्च हुन्छ । आम्दानी जति सबै लगानीमा खर्चेर व्यवसाय वृद्धि गर्दै आएका छौँ”, उनले भने ।

करिब त्रिपन्न रोपनी क्षेत्रफलमा छवटा कुखुरा फार्म निर्माण गरेर व्यवसाय सञ्चालन गर्दै आएको उनले बताए । फार्मसम्म जाने बाटो राम्रो नहुँदा ढुवानीमा ठूलो खर्च हुने गरेको छ ।

म्याग्दे गाउँपालिकाका अध्यक्षलगायतको अनुगमन टोली पुग्दा व्यवसायका लागि बाटो सबैभन्दा समस्या रहेको जानकारी गराएको सञ्चालक थापाले बताए । चितवन र पोखराबाट कुखुराका लागि दाना खरिद हुन्छ, तर यहाँसम्म ल्याउनका लागि ट्र्याक्टरको प्रयोग गर्नुपर्ने समस्याले गर्दा खर्च बढेको छ । अण्डा निर्यात पोखरा, काठमाडौँ र चितवनमा गर्दै आएका छौँ । उनले भने, “स्थानीय बजारले हाम्रो अण्डाको उत्पादनलाई थेग्न सक्दैनन् ।”

“चितवनको अबिनास हाइलाइन नेपालबाट चल्ला ल्याउँदै आएका छौँ । चल्ला हुर्काउन अत्यन्त जोखिम छ, निश्चित तापक्रम दिनुपर्दछ, यसका लागि खट्नुपर्छ, अथक मेहेनत र परिश्रम भए पनि यस व्यवसायबाट खुसी छौँ”, उनले भने ।

फार्ममा भएको कुल कुखुरामध्ये ८० प्रतिशतले अण्डा दिने गरेको छ । लामो समयदेखि आवद्ध भएको हुनाले फार्ममा नियमित कर्मले आफूलाई सन्तुष्टि मिलेको अर्का सञ्चालक गुरुप्रसाद पौडेलले बताए । व्यवसाय गरेपछि आम्दानी त स्वतः हुन्छ नै त्यो भन्दा बढी मलाई आत्मसन्तुष्टि मिलेको छ”, सञ्चालक थापाले भने ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : ५४ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार