४ पुस २०८२, शुक्रबार | December 20, 2025

गोदावरी नगरपालिका-११ चापागाउँमा जिल्ला स्तरीय अस्पताल बन्ने



ललितपुर । गोदावरी नगरपालिका-११ चापागाउँमा जिल्ला स्तरीय अस्पताल बन्ने भएको छ ।

प्रदेश सरकारको सहयोग र गोदावरी नगरपालिकाको सहकार्यमा चापागाउँमा जिल्ला अस्पताल बनाउने निर्णय भएको प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘जिल्ला अस्पतालको मापदण्ड अनुसार नै यो अस्पताल निर्माण हुने र त्यस्तै किसिमको भवनलगायत भौतिक संरचना र कर्मचारीको व्यवस्थापन हुनेछ ।’ सो अस्पताल ललितपुर जिल्ला अस्पतालको रुपमा रहने पनि उहाले बताउनुभयो ।

ललितपुरका राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजले लामो समयदेखि जिल्ला अस्पतालको माग गर्दै आएका थिए । यसैगरी चापागाउँदेखि वडा नं छ टिकाभैरव जोड्ने पुरानो राजकुलोको कामलाई निरन्तरता दिने निर्णयसमेत प्रदेश सरकारले प्रदेशसभा सदस्य सञ्जेल बताउनुभयो । रासस

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको