१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिए पनि राप्रपा सरकारमा जाने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । उसले सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ । साथै, उसले २७ पुसमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।

तर, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीबारे कुनै निर्णय गरेको छैन । राप्रपाले २७ पुसमा पृथ्वी जयन्तीमा बिदा र उपप्रधानमन्त्रीसहित चार मन्त्री पाउनुपर्ने दाबी गरेको छ । तर, सत्तारुढ गठबन्धनका एमाले र माओवादी केन्द्रले राप्रपालाई तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि तीन मन्त्री र एक राज्यमन्त्री लिन प्रस्ताव गरिएको छ ।

रास्वपाले अहिलेसम्म यसबारे केही नबोले पनि राप्रपाले भने उपप्रधानमन्त्रीसहित चार मन्त्री मागेर आफ्नो अडान कायमै राखेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने तयारी छ । गृहमन्त्रीसहित उपप्रधानमन्त्री ताकेका लिङ्देन अब पर्यटन मन्त्रालयतिर सरेको बताइन्छ ।

राप्रपा महामन्त्री धवलशमशेर राणा पनि सरकारमा जाने स्रोतले बतायो । पार्टी अध्यक्ष र महामन्त्री नै सरकारमा सामेल हुने भएपछि असन्तुष्टि बढेकाले राप्रपाले चार मन्त्रालय मागेको बुझिएको छ । यदि चार मन्त्रालय पाएमा राप्रपाले पृथ्वी जयन्तीको दिनको बिदालाई बटमलाइन नबनाउने राप्रपाका एक नेताले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । आफूले राखेका माग पूरा नभए सरकारमा नजाने राप्रपाले संकेत गरेपछि प्रचण्डले एकीकृत समाजवादीलाई विश्वासको मत दिन अध्यक्ष माधवकुमार नेपाललाई भेटेरे आग्रह गरेका थिए । जसअनुसार आज बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए । यो निर्णय एकीकृत समाजवादीले २६ पुससम्मै बाहिर नल्याउने भएको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ५ : १९ बजे

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको

दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, गण्डकी र कर्णालीमा आंशिक बदली

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक