११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढ्यो



काठमाडौं । गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अंकमा कायम भएको हो ।

यो दिनको कारोबारमा दुई सय ५९ वटा कम्पनीको एक करोड ४१ लाख नौ सय ८८ कित्ता शेयर ७५ हजार चार सय ६५ पटक खरिद–बिक्री हुँदा रु पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ, उत्पादन र लघुवित्त समूहको उपसूचक घटेको छ भने अन्य सबै समूहको उपसूचक बढेको छ । नेप्सेकाअनुसार बैंकिङ समूह १२ दशमलव २५, उत्पादन समूह ६० दशमलव १७ र लघुवित्त समूह १० दशमलव ९९ अंकले घटेको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय ६८ दशमलव ९८ अंक र निर्जीवन बीमा तीन सय २२ दशमलव २८ अंकले बढेको छ छ । त्यस्तै, विकास बैंक समूहको उपसूचक १९, वित्त समूहको उपसूचक ३५ दशमलव ७६, होटल समूहको उपसूचक एक सय १९ दशमलव ५६ र जलविद्युत् समूहको उपसूचक ५२ दशमलव ६१ अंकले बढेको छ । लगानी समूह एक दशमलव २८, म्युचुअल फन्ड समूह शून्य दशमलव ४२, व्यापार समूह ५७ दशमलव ६७ र अन्य समूह १२ दशमलव ३३ अंकले बढेको पनि नेप्सेले जनाएको छ ।

आज न्यादी ग्रुप पावर लिमिटेड र बाहारी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य सबैभन्दा बढी चार दशमलव २५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रु २१ करोड २९ लाख ५२ हजार र शिवम् सिमेन्टको १९ करोड ६८ लाख ६३ हजार बरारबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमो हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीका पाँच लाख २७ हजार एक सय ८५ कित्ता सेयर खरिद–बिक्री भएका छन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ४ : ०५ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम