६ पुस २०८२, आइतबार | December 21, 2025

नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढ्यो



काठमाडौं । गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अंकमा कायम भएको हो ।

यो दिनको कारोबारमा दुई सय ५९ वटा कम्पनीको एक करोड ४१ लाख नौ सय ८८ कित्ता शेयर ७५ हजार चार सय ६५ पटक खरिद–बिक्री हुँदा रु पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ, उत्पादन र लघुवित्त समूहको उपसूचक घटेको छ भने अन्य सबै समूहको उपसूचक बढेको छ । नेप्सेकाअनुसार बैंकिङ समूह १२ दशमलव २५, उत्पादन समूह ६० दशमलव १७ र लघुवित्त समूह १० दशमलव ९९ अंकले घटेको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक चार सय ६८ दशमलव ९८ अंक र निर्जीवन बीमा तीन सय २२ दशमलव २८ अंकले बढेको छ छ । त्यस्तै, विकास बैंक समूहको उपसूचक १९, वित्त समूहको उपसूचक ३५ दशमलव ७६, होटल समूहको उपसूचक एक सय १९ दशमलव ५६ र जलविद्युत् समूहको उपसूचक ५२ दशमलव ६१ अंकले बढेको छ । लगानी समूह एक दशमलव २८, म्युचुअल फन्ड समूह शून्य दशमलव ४२, व्यापार समूह ५७ दशमलव ६७ र अन्य समूह १२ दशमलव ३३ अंकले बढेको पनि नेप्सेले जनाएको छ ।

आज न्यादी ग्रुप पावर लिमिटेड र बाहारी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य सबैभन्दा बढी चार दशमलव २५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रु २१ करोड २९ लाख ५२ हजार र शिवम् सिमेन्टको १९ करोड ६८ लाख ६३ हजार बरारबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमो हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीका पाँच लाख २७ हजार एक सय ८५ कित्ता सेयर खरिद–बिक्री भएका छन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ४ : ०५ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको