२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लुम्बिनी प्रदेश सरकारले २ गते माघी महोत्सव मनाउने, सार्वजनिक बिदा समेत दिने



दाङ । लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । यहीँ माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरि महोत्सव मनाउन लागेको हो ।

माघ २ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा समेत दिएको छ । माघे संक्रान्ती/माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रम, २०७९ लाई विशेष र व्यवस्थित बनाउन मुख्यमन्त्री लिला गिरीले सचिवहरुलाई निर्देशन दिएका छन ।

मुख्यमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा प्रमुख सचिव डा.दिपक काफ्ले र विभिन्न मन्त्रालयका सचिवहरुले मातहतका मन्त्रालयको अवस्थाका बारेमा जानकारी गराएका थिए । बैठकमा मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसीको पनि उपस्थिति थियो । मन्त्रालय र मातहतका कार्यालयहरुबाट हुने सेवाप्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन मुख्यमन्त्रीले सचिवहरुलाई निर्देशन दिए ।

माघी महोत्वसका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, झाँकीहरुलाई उत्कृष्टताका आधारमा प्रोत्साहन स्वरुप पुरस्कृत समेत गर्नेगरी तयारी भइरहेको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए । महोत्सवका लागि मुल आयोजक समिति, व्यवस्थापन समितिलगायतका समितिहरु समेत गठन गरिएको छ ।

माघी उत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा २ वटा थारु झाँकी, २ वटा मगर झाँकी र १/१ वटा गुरुङ्ग र नेवार झाँकीको व्यवस्था मिलाउने, झाँकीको प्रस्तुती गर्ने टोलीलाई प्रति टोली जम्मा २० हजार रकम यातायात खर्च बापत मन्त्रालयले उपलब्ध गराउने गरी तयारी भइरहेको सचिव धमलाले बताए ।

माघ १ गते योग र २ गते भुकम्प सुरक्षा दिवस मनाइने

यसैगरी लुम्बिनी प्रदेश सरकारले यहीँ माघ १ गतेका दिन योग दिवस मनाउने भएको छ । योग, वैकल्पिक चिकित्सालगायतको प्रवद्र्धनका लागि प्रदेशमा विभिन्न कार्यक्रम समेत गरिने भएको छ । यसैगरी माघ २ गते नै भुकम्प सूरक्षा दिवस समेत मनाउने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ४ : ४४ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३