१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पोखरेल यातायात व्यवस्था कार्यालय सुकेधारामा निमित्त प्रमुख रहेका वेला अख्तियारले अनुसन्धान थालेको थियो । हाल भूमि आयोगका अधिकृत रहेका पोखरेलमाथि एक करोड ६ लाख ३३ हजार तीन सय ३९ रुपैयाँ ९२ पैसा बिगो दाबी गरिएको छ ।

अख्तियारले पोखरेलकी पत्नी विमला न्यौपाने पोखरेलाई पनि प्रतिवादी बनाएको छ । अकुत सम्पत्ति जफत गर्ने प्रयोजनका लागि अख्तियारले उनलाई प्रतिवादी बनाएको हो ।

अख्तियारले पोखरेल सरकारी सेवामा प्रवेश गरेको मिति २०४६ असारदेखि २०७८ फागुन १५ को अवधिमा उनी र परिारका नाममा रहेको चलअचल सम्पत्तिमाथि अनुसनधन गरेको थियो ।

अख्तियारले पोखरेलका नाममा रहेको सम्पत्ति र खर्च तथा लगानी, सोही अवधिको आयहरुको जाँच अवधिमा उनको पारिश्रमिक बचत, बिभिन्न भत्ता तथा पुरस्कार, घरजग्गा बिक्री, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषबाट लिएको कर्जा आय, घर बहाल आय, बीमा, बिदेशबाट पठाएको रेमिट्यान्स, मोटरसाइकल बिक्री, शेयर बिक्रीबाट प्राप्त रकम र कृषि आयसमेतमा अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा अख्तियारले ४ करोड ३७ लाख ८८ हजार ४ सय २ दश पैसा बराबरको चलअचल सम्पत्ति फेला पारेकोमा ३ करोड ३१ लाख ५५ हजार ६२ रूपैयाँ १९ पैसाको मात्रै स्रोत खुलेको र स्रोत नखुलेकोलाई बिगो कायम गरी आरोपित विरुद्ध अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ४७ बजे

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार