३ पुस २०८२, बिहिबार | December 18, 2025

जेष्ठ नागरिक र ब्युत्पन्न नागरिकलाई पालिका सरकारको न्यानो सिरक र कपडा



खजुरा । लामो समयदेखिको सितलहरले अत्याधिक चिसो बढेपछि बाँकेको खुजुरा गाँउपालिका अन्तर्गत वडा नम्बर ६ का ब्युत्पन्न नागरिसकलाई न्यानो सिरक तथा कपडा वितरण गरिएको छ ।

वडाका जेष्ठ नागरिकको सम्मान स्वरुप २३३ जनालाई उलनको सुइटर, ६० जनालाई फाइबर ब्ल्याङ्केटm ५० जनालाई ब्ल्याङ्केट वितरण गरिएको खजुरा गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकाले आज बिहान आयोजना गरेको कार्यक्रममा पालिका अध्यक्ष डम्बर बिकले स्थानीय ९० बर्षिया सुखिया कोरि लाई सुईटर हस्तान्तरण गर्दै कार्यक्रम को उदघाटन गरे । कार्यक्रममा असहाय बालबालिकालाई ८७ थान स्कुल ड्रेस पनि बितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बिकले आगामी दिनहरुमा सरकारले ब्युत्पन्न र जेष्ठ नागरिक लक्षित कार्यक्रम गरि जनतालाई सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष मन्जु मल्ल, ईलाका प्रहरी कार्यलय धनौलिका ईन्चार्ज प्रेम रेग्मी सहित वडा अध्यक्ष फारुक शेष र वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १ : ३८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका