४ भदौ २०८३, बिहिबार | August 20, 2026

प्रतिष्ठित इसा अवार्ड विजेता डा. रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन् ।

बहराइन सरकारले प्रदान गर्ने १० लाख अमेरिकी डलरको पुरस्कार राशिको इसा अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्रीले रुइतलाई बिहीबार बधाई दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मानव कल्याणको क्षेत्रमा डा।रुइतले गरेको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन् । पुरस्कार प्राप्त गरेपछि रुइतले सरकारसँग राखेका अपेक्षाका बारेमा पनि आफू गम्भीर रहेको प्रचण्डले बताएका छन् ।

‘वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ। राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ,’ प्रधानमन्त्रीले ट्विटरमार्फत भनेका छन् ।

नेपाल र विदेशका गरी लाखौं मानिसको आँखा उपचार गरेर उज्यालो जीवन दिएको भन्दै डा. रुइतलाई १३ करोड नेपाली रुपैयाँ बराबरको इसा अवार्ड प्रदान गरिएको हो ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १० : ०३ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई