१९ बैशाख २०८१, बुधबार | May 1, 2024

विमान दुर्घटनामा मृतकका आफन्तलाई भेटे प्रधानमन्त्री प्रचण्डले



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् ।

आज बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शीघ्र काम सम्पन्न गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् । साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका मृतकका आफन्तसँग भेटघाट गरेका छन् । परिवारप्रति समवेदना प्रकट गर्दै प्रधानमन्त्रीले शव बुझाउने प्रक्रिया तीव्र बनाउन आफूले निर्देशन र आवश्यक सहयोगका लागि भनेको जानकारी दिए ।

यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो । सरकारले दुर्घटनाको छानबिनका लागि एक उच्चस्तरीय समितिसमेत गठन गरेको छ । समितिले काम सुरु गरिसकेको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १२ : ३३ बजे

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३

नेपालले टस हारेर पहिला बलिङ गर्दै, कप्तान रोहितलाई आराम

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल

अध्यक्ष ओलीद्वारा श्रमिक दिवसको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

जमिनमा पानी सुकेपछि जङ्गली जनावर जोखिममा

गौर । रौतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना