१२ असार २०८३, शुक्रबार | June 27, 2026

स्पेनिस ला लिगा : बार्सिलोनामाथि रियल मड्रिडको दबाब



काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रियल मड्रिडको दाबी बलियो नै कायम छ ।

लिग अन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ३-० ले पराजित गरेर बार्सिलोनामाथिको दबाब कायम राखेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले दुई तथा एसेन्सिओले एक गोल गरे । बेन्जिमाले ६१ र ८६ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै एसेन्सिओले ७४ औँ मिनेटमा गोल गरे ।

८९ औँ मिनेटमा ली सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया १० खेलाडीमा सीमित भयो।

बेन्जिमाले रियल मड्रिडका लागि सबै प्रतियोगितामा गरेर २४३ गोल गर्दै क्लबको सर्वाधिक गोलकर्ताको सूचिमा पाँचौँ स्थानमा आएका छन् ।

जितपछि दोस्रो स्थानको रियल मड्रिडको २९ खेलबाट ६२ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट दुई अंक बढी रहेको छ ।

ला लिगा अन्तर्गत बिहीबार राति नै भएको अर्को खेलमा एलाभेसले रियल सोसिडाडलाई २-० ले पराजित गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ७ : १० बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३