७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवलमा लाफा खेल सँग्राम-२०७९ शुरु : नगर प्रमुख पाण्डे भन्छन् स्वस्थ रहन खेल अनिवार्य



बुटवल । लाफा समुह बुटवलले आयोजना गरेको लाफा खेल सँग्राम आजबाट शुरु भएको छ । खेल संग्रामको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले एक कार्यक्रमकाबीच उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले स्वास्थ रहन खेलकुद अनिवार्य रहेको बताए । खेल क्षेत्रमा मात्र नभएर नगरका सबै क्षेत्रमा उत्कृष्ट हुँदा बुटवल उपमहानगरपालीका राम्रो हुने भन्दै उनले सबै मिलेर राम्रो काम गर्न लाग्दा बुटवल सधैं उत्कृष्ठ नगर बन्न सक्ने बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराईले खेलक्षेत्रको बिकास गर्नु आजको अवश्यकता रहेको बताए । उनले खेलकुद क्षेत्रमा राम्रो प्रगती भएपनी राज्यले मन खुलाएर सहयोग गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा बुटवल उपमहानगरपालीका बडा नम्बर ८ का बडा अध्यक्ष यज्ञ मरासिनी, समुहका सल्लाहकार चक्र बहादुर राना लगायतले खेल प्रतियोगिताको सफलताको सुभकामना लिएका थिए ।

पाँचौँ लाफा खेल संग्राम अन्तर्गत प्रथम मेयर कप वि लेभल मेन्स डबल प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा द्धितिय हुनेले नगद २५ हजार, ट्रफि, र प्रमाणपत्र पाउने छन् । त्यसैगरि सेमिफाइनलमा पुग्ने र क्वाटरफाइनलमा पुग्ने २र२ टिमले कम्रशः नगद १५ हजार र १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ ।

भेन्ट्रान्स मेन्स डबल प्रतियोगिता तर्फ प्रथम हुनले २५ हजार ५५५, द्वितीय हुनेले १५ हजार ५५५ र सेमिपफाइनलमा पुग्नेले १० हजार ५५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन । खुल्ला बि लेभल मेन्स डबलमा प्रतियोगितामा लुम्बिनी प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशको टिम गरी ६० टिमको सहभागिता रहने छ भने भेन्ट्रान्स मेन्स डबलमा कम्तीमा ३५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस्तै दोस्रो लाफा तथा प्रथम उपमेयर कप बि लेभल भलिबल प्रतियोगिता–२०७९ मा प्रथम हुनेले नगद ४५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद २५ हजार, १५ हजार, ८ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ९ : १३ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका