१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

बुटवलमा लाफा खेल सँग्राम-२०७९ शुरु : नगर प्रमुख पाण्डे भन्छन् स्वस्थ रहन खेल अनिवार्य



बुटवल । लाफा समुह बुटवलले आयोजना गरेको लाफा खेल सँग्राम आजबाट शुरु भएको छ । खेल संग्रामको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले एक कार्यक्रमकाबीच उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले स्वास्थ रहन खेलकुद अनिवार्य रहेको बताए । खेल क्षेत्रमा मात्र नभएर नगरका सबै क्षेत्रमा उत्कृष्ट हुँदा बुटवल उपमहानगरपालीका राम्रो हुने भन्दै उनले सबै मिलेर राम्रो काम गर्न लाग्दा बुटवल सधैं उत्कृष्ठ नगर बन्न सक्ने बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराईले खेलक्षेत्रको बिकास गर्नु आजको अवश्यकता रहेको बताए । उनले खेलकुद क्षेत्रमा राम्रो प्रगती भएपनी राज्यले मन खुलाएर सहयोग गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा बुटवल उपमहानगरपालीका बडा नम्बर ८ का बडा अध्यक्ष यज्ञ मरासिनी, समुहका सल्लाहकार चक्र बहादुर राना लगायतले खेल प्रतियोगिताको सफलताको सुभकामना लिएका थिए ।

पाँचौँ लाफा खेल संग्राम अन्तर्गत प्रथम मेयर कप वि लेभल मेन्स डबल प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा द्धितिय हुनेले नगद २५ हजार, ट्रफि, र प्रमाणपत्र पाउने छन् । त्यसैगरि सेमिफाइनलमा पुग्ने र क्वाटरफाइनलमा पुग्ने २र२ टिमले कम्रशः नगद १५ हजार र १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ ।

भेन्ट्रान्स मेन्स डबल प्रतियोगिता तर्फ प्रथम हुनले २५ हजार ५५५, द्वितीय हुनेले १५ हजार ५५५ र सेमिपफाइनलमा पुग्नेले १० हजार ५५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन । खुल्ला बि लेभल मेन्स डबलमा प्रतियोगितामा लुम्बिनी प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशको टिम गरी ६० टिमको सहभागिता रहने छ भने भेन्ट्रान्स मेन्स डबलमा कम्तीमा ३५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस्तै दोस्रो लाफा तथा प्रथम उपमेयर कप बि लेभल भलिबल प्रतियोगिता–२०७९ मा प्रथम हुनेले नगद ४५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद २५ हजार, १५ हजार, ८ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ९ : १३ बजे

खड्का समूहको बैठक आज, कांग्रेसभित्रको आन्तरिक रणनीतिमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङ । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको

बाख्रापालनबाट स्वरोजगार

म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका

सरकारी कार्यक्रम अब होटलमा होइन, कार्यालयभित्रै सञ्चालन गर्नुपर्ने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका