३ भदौ २०८३, बुधबार | August 20, 2026

क्यालिफोर्नियामा गोली चल्दा आक्रमणकारीसहित १० जनाको मृत्यु



क्यालिफोर्निया । क्यालिफोर्नियाको मोन्टेरी पार्कको एक व्यापारिक परिसरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । संदिग्ध आक्रमणकारी पनि मारिएका छन् ।  लस एन्जलस काउन्टी सेरिफ विभागले गोलाबारीका संदिग्ध पुरुष भएको जनाएको छ ।

चान्द्रमान अनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलाका अवसरमा व्यापारिक परिसरमा हजारौँ मानिसहरू भेला भएका थिए ।

आक्रमणपछि शहरमा प्रहरीको बाक्लो उपस्थिति थियो । आक्रमणको कारण खुलेको छैन् । सो हमला  चन्द्रमा नयाँ वर्षको उत्सवसँग सम्बन्धित छैन । ‘मोन्टेरी पार्कमा भएको हमला चन्द्र नयाँ वर्षको उत्सवसँग कुनै सम्बन्ध छैन जस्तो देखिन्छ’, एलए टाइम्सका जेयलन पार्कले बिबीसीसँग भने , ‘म शनिबार दिउँसो उत्सवमा थिएँ, जहाँ दशौं हजार मनाउन भेला भएका थिए । पर्वसँग सम्बन्धित देखिँदैन ।’

अमेरिकामा सन् २०२२ मा गोली लागेर ४४ हजारभन्दा बढीको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्यासम्बन्धी घटना थिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ०५ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने