१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

साईक्लिष्टको आकस्मिक रक्तदान ६० युनिट रगत संकलन



बुटवल । रुपन्देहीका साईक्लिष्टहरुले बुटवलमा आकस्मिक रक्तदान गरेका छन ।

कोरोना भाईरस (कोडिभ १९) को संक्रमणको बेला रक्त संचार केन्द्रमा रगत अभाव देखिएपछि रुपन्देही जिल्ला साईक्लिङ संघ र साईकल सिटि बुटवलको आयोजनामा आकस्मिक रक्तदान गरिएको हो । संघका अध्यक्ष पुकार थापाले साईक्लिङमार्फत स्वस्थ्य सचेतना जगाउनुका साथै सामाजिक कार्यमा समेत आफुहरु लागेको बताए ।

दुई पटक कोरा साईक्लिङ च्यालेन्ज, रानीमहल पर्यटन यात्रा, राईड विथ प्राइड लगायत ईभेन्टका साथै टुर द लुम्बिनी यात्राका सहभागिहरुलाई समेत बुटवलबाट स्वागत सत्कार गर्दै आएको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६० युनिट रगत संकलन भएको संयोजक असोक राईले बताए ।

साईकल सिटि बुटवलका अध्यक्ष धिरेन तुलाधरले यस क्षेत्रका साईक्लिष्टहरुलाई एकतावद्घ गर्दै साईकलमार्फत पर्यटन प्रर्वद्घन अभियानमा लागेको बताए ।

विश्व पर्यावरण जोगाउने अभियानक‍ो साईकलको योगदान महत्वपुर्ण हुने विज्ञहरुको बताउछन । एउटा सवारीले खपत गर्ने १ लिटर ईन्धन बराबर साईकल चलाउदा एउटा रुखबाट प्राप्त हुने अक्सिजन उपलब्ध हुने गर्दछ ।

नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदास, संघका अध्यक्ष पुकार थापा, साईकल सिटि बुटवलका अध्यक्ष धिरेन तुलाधर, स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  १ : ०८ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’