११ असार २०८३, बिहिबार | June 25, 2026

भेरी अस्पतालमा सुबिधासम्पन्न डायलासिसकक्ष : स्वास्थ्यमन्त्री गिरीले गरे उदघाटन



नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा चलिरहेको डायलासिस सेवाको ४ सय गुणा स्तर उन्नती गर्दै तयार भएको सुबिधासम्पन्न डायलासिस कक्ष संचालनमा आएको छ । नवनिर्मित डायलामसिस कक्षको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उदघाटन गरे । भेरी अस्पताल नेपालगन्जको निरीक्षण गर्ने क्रममा मनत्री गिरीले डायलाइसिस कक्षको उदघाटन गरेका हुन् ।

अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्रीपुर्ण बनाउने उद्देश्यसहित डायलाईसिस सेवालाई चार सय गुणाले वृद्धि गरिएको अस्पतालले जनाएको छ । उदघाटनसँगै मन्त्री गिरीले डायलासिस गरिरहेका बिरामीहरुलाई भेटेर अस्पतालले प्रवाह गरेको सेवाका बारेमा जानकारी दिएका थिए ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसदहरु सुर्य ढकाल, डा. धवलशम्शेर राणा र दीपा शर्मा, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोख्रेल, महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा.कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरी, उप–निर्देशक डा.रोशनलाल चौधरी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले अस्पतालको हालको अवस्था, अस्पतालले प्रवाह गरिरहेको सेवा, समस्या र भावी योजनाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १० : ०३ बजे

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय