२० बैशाख २०८१, बिहिबार | May 2, 2024

भेरी अस्पतालमा सुबिधासम्पन्न डायलासिसकक्ष : स्वास्थ्यमन्त्री गिरीले गरे उदघाटन



नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा चलिरहेको डायलासिस सेवाको ४ सय गुणा स्तर उन्नती गर्दै तयार भएको सुबिधासम्पन्न डायलासिस कक्ष संचालनमा आएको छ । नवनिर्मित डायलामसिस कक्षको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उदघाटन गरे । भेरी अस्पताल नेपालगन्जको निरीक्षण गर्ने क्रममा मनत्री गिरीले डायलाइसिस कक्षको उदघाटन गरेका हुन् ।

अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्रीपुर्ण बनाउने उद्देश्यसहित डायलाईसिस सेवालाई चार सय गुणाले वृद्धि गरिएको अस्पतालले जनाएको छ । उदघाटनसँगै मन्त्री गिरीले डायलासिस गरिरहेका बिरामीहरुलाई भेटेर अस्पतालले प्रवाह गरेको सेवाका बारेमा जानकारी दिएका थिए ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसदहरु सुर्य ढकाल, डा. धवलशम्शेर राणा र दीपा शर्मा, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोख्रेल, महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा.कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरी, उप–निर्देशक डा.रोशनलाल चौधरी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले अस्पतालको हालको अवस्था, अस्पतालले प्रवाह गरिरहेको सेवा, समस्या र भावी योजनाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १० : ०३ बजे

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध

आजको मौसम : देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन