२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पोखरामा एक युवकले गरे शौचालयभित्र आत्मदाहको प्रयास



पोखरा । पोखरामा एक युवकले आफै भाडामा बस्दै आएको घरको शौचालयमा आत्मदाहको प्रयास गरेका छन् । पोखरा महानगर –१३ बस्दै आएका ती युुवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका हुन् ।

काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवन अगाडि व्यवसायी प्रेम आचार्यले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरामा आत्मदाहको अर्को प्रयास भएको हो ।

भाडामा बस्दै आएका युवा शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना थाहा पाउने वित्तिकै सोही घरकी घरधनी महिलाले आगो निभाउन गएकी र आगो निभाउने क्रममा ती महिला पनि घाइते भएकी छन् ।

आगोमा जलेर घाइते भएका दुबै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ  ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १ : ४१ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन