४ पुस २०८२, शुक्रबार | December 20, 2025

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन



काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदका लागि २२ जनाको आवेदन परेको छ । बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि २२ जनाको आवेदन परेको जनाएको छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो ।

आवेदन पर्नेमा सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीइओ कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी रहेको बैंकले जनाएको छ ।

यसैगरी, बद्री गुरागाँई, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाई, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीको सीईओका लागी आवेदन परेको हो ।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्यांकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई सर्ट लिष्टिङ गरी अन्तर्वार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ ।

यसअघि बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएको थियो । त्यसलगत्तै सीईओका लागि बैंकले पुस २५ गते विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  २ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको