१२ असार २०८३, शुक्रबार | June 27, 2026

बार्सिलोना महत्वपूर्ण खेलमा जित बिहीन, उपाधि होडमा रियल मड्रिडलाई थप मौका



काठमाडौं । उपाधि होडमा अति नै महत्वपूर्ण खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले आफूले गोल गर्न सकेन भने बार्सिलोनालाई पनि गोल गर्न दिएन । गोलरहित यो बराबरीले लिगका ८ खेल बाँकी हुँदा उपाधि होड अति खुला बनाएको छ ।

दोस्रो स्थानको रियल मड्रिडसँगको अंकदूरी पाँच कायम गर्ने मौका बार्सिलोनाले गुमायो । यसको अर्थ आइतबार राति रियल सोसिडाडको खेलमा जित निकाले रियल मड्रिडले बार्सिलोनासँग अंक बराबरी गर्ने छ ।

शुक्रबार रातिको खेलमा लियोनल मेस्सीले पहिलो हाफमा प्रहार गरेको फ्रि–किक बारमा लागेर गयो। सेभिल्लाको डिफेन्स तोड्न बार्सिलोनालाई मुश्किल परेको हो ।

बराबरीपछि शीर्ष स्थानको बार्सिलोनाको ३० खेलबाट ६५ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिडको ६२ अंक रहेको छ । तेस्रो स्थानको सेभिल्लाले ३० खेलबाट ५२ अंक जोडेको छ ।

ला लिगा अन्तर्गत शुक्रबार राति नै भएका अरु खेलमा भिल्लारियलले ग्रानाडालाई १–० ले हरायो । यस्तै मालोर्का र लेगानेसले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : ५३ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३