४ पुस २०८२, शुक्रबार | December 19, 2025

बार्सिलोना महत्वपूर्ण खेलमा जित बिहीन, उपाधि होडमा रियल मड्रिडलाई थप मौका



काठमाडौं । उपाधि होडमा अति नै महत्वपूर्ण खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले आफूले गोल गर्न सकेन भने बार्सिलोनालाई पनि गोल गर्न दिएन । गोलरहित यो बराबरीले लिगका ८ खेल बाँकी हुँदा उपाधि होड अति खुला बनाएको छ ।

दोस्रो स्थानको रियल मड्रिडसँगको अंकदूरी पाँच कायम गर्ने मौका बार्सिलोनाले गुमायो । यसको अर्थ आइतबार राति रियल सोसिडाडको खेलमा जित निकाले रियल मड्रिडले बार्सिलोनासँग अंक बराबरी गर्ने छ ।

शुक्रबार रातिको खेलमा लियोनल मेस्सीले पहिलो हाफमा प्रहार गरेको फ्रि–किक बारमा लागेर गयो। सेभिल्लाको डिफेन्स तोड्न बार्सिलोनालाई मुश्किल परेको हो ।

बराबरीपछि शीर्ष स्थानको बार्सिलोनाको ३० खेलबाट ६५ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिडको ६२ अंक रहेको छ । तेस्रो स्थानको सेभिल्लाले ३० खेलबाट ५२ अंक जोडेको छ ।

ला लिगा अन्तर्गत शुक्रबार राति नै भएका अरु खेलमा भिल्लारियलले ग्रानाडालाई १–० ले हरायो । यस्तै मालोर्का र लेगानेसले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको