७ पुस २०८२, सोमबार | December 22, 2025

अक्सफोर्ड मा.वि. बुटवलमा खेल सप्ताह सुरु



बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड मा.वि.ले कक्षा ११ र १२ तर्फ आज सोमबार खेलकुद सप्ताहको उद्घाटन गरेको छ ।

विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षता र पूर्व विद्यार्थी, अभिभावक तथा जिल्ला खेलकुद समिति अध्यक्ष हरि क्षेत्रीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ ।

सिद्देश्वरी खेल मैदानमा आयोजित उक्त कार्यक्रमलाई विद्यालयका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल तथा प्रमुख अतिथि हरि क्षेत्रीले संयुक्त रुपमा भलिबल समूहलाई भलिबल हस्तान्तरण गर्दै खेल सप्ताहको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरि क्षेत्रीले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विद्यालयले आयोजना गरेको उक्त कार्यक्रम निकै महत्त्वपूर्ण रहेको बताए । साथै उनले निकट भविष्यमा हुन गइरहेका जिल्ला र प्रदेशस्तरीय विभिन्न खेलकुद कार्यक्रमसम्बन्धी जानकारी दिएका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका प्राचार्य दिनेश भुसालले शैक्षिक क्रियाकलापमा अब्बल रहेको अक्सफोर्डले विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद कार्यक्रमलाई पनि उच्च महत्त्व दिएको बताए । साथै उनले अक्सफोर्डले राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न सफल भएको उदाहरण दिए । उद्घाटन कार्यक्रममा आज अर्थात् पहिलो दिन छात्रातर्फ भलिबल, छात्र र छात्रातर्फका ४०० मिटर र १०० मिटरका दौडहरु सम्पन्न भएका छन् भने फुटबल छात्रतर्फ क्वार्टर फाइनल खेलका समीकरणहरु पूरा भएका छन् ।

प्राध्यापक सञ्जय मरासिनीको संयोजकत्वमा भएको छात्रा भलिबलतर्फ आशिका लामिछानेको समूह प्रथम र दिया तामाङको समूह द्वितीय भएका छन् । यसैगरी प्राध्यापक विष्णु बस्यालको संयोजकत्वमा सञ्चालन भएको ४०० मिटरको दौडमा छात्रतर्फ आकाश राना प्रथम, कपिल चिडी द्वितीय र सागर राना तृतीय भएका छन् भने छात्रातर्फ फिवी राना प्रथम, कविता चौधरी द्वितीय र निशा ठकुरी तृतीय भएका छन् ।

यसैगरी १०० मिटरका दौडमा छात्रतर्फ आकाश राना प्रथम,विवश रसाइली द्वितीय र सरिन घर्ती तृतीय भएका छन् भने छात्रातर्फ फिवी राना प्रथम, कविता चौधरी द्वितीय र सुजिता भट्टराई आश्था रजाली तृतीय भएका छन् ।

यसैगरी भोलि मङ्गलबार सटपुट, छात्रतर्फ भलिबल, छात्रा ब्याडमिन्टन र छात्र बास्केटबल, छात्र फुटबलका सेमीफाइनल र फाइनल खेलहरु सञ्चालन हुने कुरा शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  २ : ०५ बजे

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले