४ पुस २०८२, शुक्रबार | December 19, 2025

सासु कुट्ने बुहारीलाई ३ महिना जेल पठाइयो



अछाम । अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ । पञ्चदेवल विनायक नगरपालिका–६, तोलीका धर्मा न्यौपाने र देवीसरा न्यौपानेलाई कैद, क्षतिपूर्तिको फैसला सुनाइएको हो ।

अदालतका स्रेस्तेदार शङ्करप्रसाद खनालका अनुसार पीडित जयसरा न्यौपानेलाई अपमान तथा अमानवीय व्यवहार गरेको भन्दै दुवै बुहारीलाई ५०/५० हजार रुपियाँ क्षतिपूर्तिको फैसलासमेत भएको छ ।

भदौ ८ गते दुई बुहारीले जयसरालाई कुटपिट गरिरहेको भिडियो पीडितका नातिले फेसबुकमा हालेपछि सोही आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो । अछाम प्रहरीले भदौ २० गते अपमान तथा अमानवीय व्यवहारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।  अछाम जिल्ला अदालतले दुवै जनालाई जनही ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

पीडित जयसरालाई कुटपिट गरिरहेको भिडियो खिचेर फेसबुकमा हाल्ने पीडितका नाति ११ वर्षीय दीपेन्द्र न्यौपानेलाई भदौ १० गते जिल्ला प्रहरी कार्यालयले सम्मानित गरेको थियो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ९ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको