२३ असार २०८३, मंगलबार | July 7, 2026

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित



काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् । कार्की ३ हजार ५३७ मतका साथ विजयी भएका हुन् ।

अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २२३ र स्वतन्त्र उम्मेदवार डा। शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरे ।

मंगलबार सम्पन्न मतगणना अनुसार एक जना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।

यस्तै, महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २९१८ मतका साथ विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५४१ मत ल्याएर भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १५०५ मत ल्याएकी छन् ।

मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३०८१ मतका साथ विजयी बने । उनका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५७४ मत पाए भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले ११२४ मत ल्याए ।

बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ५३५३ मतका साथ विजय हासिल गरे । उनका प्रतिस्पर्धी डा. सञ्जय ठाकुरले २२१४ मत ल्याए । गण्डकी प्रदेशमा डा. राजन शर्माले ३३२२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा. विकास गौचन २३९० मत ल्याए । यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा। निरज अर्याल २३०८ मत ल्याए ।

सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा। किशोर खत्री, डा। सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा. स्मृती महत विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्ष डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा। केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा. विपेश आचार्य, कोषाध्यक्ष डा. प्रमोद जोशी, सह–कोषाध्यक्ष डा विक्रान्त ढकाल र सह–सचिवमा डा लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ८ : १७ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज