२० माघ २०८२, मंगलबार | February 3, 2026

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए सपथ



बुटवल । लुम्बिनी प्रदेश सरकारका ७ जना नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

दाङको राजधानी देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई सपथ खुवाएका हुन । यो संगै लुम्बिनी सरकार को मन्त्री परिषदले पुणता पाएको हो । पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट ३ जना, नेकपा माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक-एक जना नियुक्त भएका थिए ।

समारोहमा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पुर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णु पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले सपथ लिएका हुन् ।
प्रदेश सभा भवन परिसरमा हुने भनिएको कार्यक्रम हावा हुरीले मन्च भत्काइदिएपछि ढिलाइ भएको थियो । यसअघि मुख्यमन्त्री लिला गिरीसंगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीले पुस २७ गते नै सपथ लिएका थिए । आचार्यले खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालय र केसीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नव नियुक्त मन्त्रीहरुमा महरा र इन्द्रजित माओवादी केन्द्रका हुन् भने पन्थी, दुर्गाप्रसाद र शर्मा एमालेका हुन् । यस्तै मन्त्री यादव राप्रपाका र गुप्ता जनमत पार्टीका हुन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ४ : ११ बजे

बालेनले मात्र प्रयोग गर्ने गरेको महानगरको लिफ्ट अब सबै कर्मचारी र सेवाग्राहीका लागि खुला

काठमाडौं । काठमाडौं महानगरपालिकामा निवर्तमान मेयर बालेन्द्र साहले मात्र प्रयोग

अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह

नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा