१४ बैशाख २०८३, सोमबार | April 28, 2026

रुपन्देही सुपरलिग : साई ग्लोबल एकेडेमी विजयी



भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को आइतबार भएको खेलमा साई ग्लोबल एकेडेमी विजयी भएको छ । साई ग्लोबलले गोलपार्क क्रिकेट क्लबलाई ३८ रनले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको साई ग्लोबल निर्धारित ३८ ओभरको खेलमा ३३.४ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रनको योगफल बनायो । उसका लागि आषिश रोक्काले ३८, ऋषि रानाले २८ र अभिजित ज्ञवालीले १४ रन जोडे । गोलपार्कका दिवान पुनले ९ ओभर बलिङ गर्दै ४ मेर्डन राख्दै १० रन खर्चेर ६ विकेट लिए । यस्तै, गगन अधिकारी २ तथा ललित प्याकुरेलले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गोलपार्क १७ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमै समेटियो । उसका लागि आदित्य बन्जाडेले १४ र गगन अधिकारी १३ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न साई ग्लोबलका आरिफ खाँनले ५, विवेक कोहाँरले ३ तथा अनिल यादवले १ विकेट दिए । साई ग्लोबलका आरिफ खाँन म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । प्रतियोगिता चैत्र ३ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ५ : ४१ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११