४ पुस २०८२, शुक्रबार | December 19, 2025

देवदह बोर्डिङले रजत महोत्सव मनाउदैं



बुटवल । रुपन्देहीको देवदह नगरपालिका-७ स्थित देवदह बोर्डिङ हाइ स्कूलले साताव्यापी रुपमा आफ्नो रजत महोत्सव मनाउने भएको छ ।

स्थापनाको २७ वर्ष पूरा भएको अवसरमा वार्षिकोत्सवसहित रजत महोत्सव मनाउन लागिएको विद्यालयले जनाएको हो ।

फागुन ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा सरसफाई तथा डस्विन बितरण, देवदह नगरस्तरीय मावि छात्र भलिबल, अभिभावक खेलकूद प्रतियोगिता तथा स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिने प्राचार्य विष्णु प्राद पौडेलले जानकारी दिए । छात्र भलिबल तर्फ विजेता समूहले ५ हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने द्वितीय र तृतीयले क्रमशः ३ हजार र २ हजार नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरि विधागत तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी, वेस्ट सेटर, वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट डिफेन्टर, अनुशासित खेलाडी र वेस्ट कोचलाई सम्मान गरिने सहप्राचार्य निश्चल गौतमले जानकारी दिए ।

वि.स. २०५३ सालमा स्थापना भएको यस विद्यालयले निकट भविष्यमै कक्षा ११ र १२ सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए । विश्वव्यापी कोरोना महामारीका कारण रजत वर्ष मनाउन नपाएको विद्यालयले यो वर्ष रजत स्मारिका प्रकाशनसहित दिवस मनाउन लागेको हो ।

महोत्सवबारे जानकारी गराउन आइतबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राचार्य पौडेलले विद्यालयबाट हालसम्म एक हजार ८० विद्यार्थीले एसएलसी तथा एसईई उत्तीर्ण गर्न सफल भएको बताए । हाल करिब एक हजार विद्यार्थी रहेको विद्यालयले वार्षिकोत्सवका अवसरमा सम्पर्कमा रहेका ५ सय बढी पूर्व विद्यार्थीहरुलाई पुनः मिलनका लागि निमन्त्रणा गरिएको बताएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ६ : १४ बजे

भैरहवाको मौसम प्रतिकूल भएपछि भरतपुर हुँदै रुपन्देही जाँदै रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता