४ पुस २०८२, शुक्रबार | December 20, 2025

आइतबार थपिए ४२१ संक्रमित, कोरोना संक्रमितको कुल संख्या ९ हजार नाघ्यो



काठमाडौं । आइतबार थप ४२१ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ९ हजार २६ पुगेको छ । मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् ।

देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका छन् ।

आइतबार १ सय ९४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।

आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालाबाट ६ हजार ८ जनासँगै आइतबारसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ४ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको