३० भदौ २०८३, मंगलबार | September 15, 2026

रूपन्देही सुपरलिग : गोलपार्क क्रिकेट क्लब एक रनले विजयी



भैरहवा । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को बिहीबारकोे खेलमा गोलपार्क क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई एक रनले पराजित गर्दै जित निकालेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको गोलपार्कले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६० रनको योगफल बनायो । उसका लागि ईश्वर क्षेत्रीले ३८, आदित्य बन्जाडेले २१, प्रदीप भण्डारीले १८, गगन अधिकारीले १७ र सन्देश भण्डारीले १० रन बनाए ।

बलिङमा सैनामैनाका करण विकले ४, सुनिल पौडेलले ३, ज्ञानेश गौतमले २ र अशोक विकले १ विकेट लिए ।

प्रतिउत्तरमा १ सय ६१ रनको लक्ष्य पछ्याएको सैनामैना ३१ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ५९ रनमै रोकियो र १ रनले हार ब्यहोर्यो । उसका लागि विशाल रानाले ३७, करण विकले २८, विक्रम गौतमले २४, विशाल डुम्रेले १४ र बसन्त खड्काले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

बलिङमा गोलपार्कका युवराज सुवेदी र प्रदीप भण्डारीले समान ३-३ विकेट लिए । यस्तै, नवजीवन क्षेत्रीले २ तथा आदित्य बन्जाडे र ईश्वर क्षेत्रीले १-१ विकेट लिए । गोलपार्कका युवराज सुवेदी म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता चैत्र ३ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ६ : ४२ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज